एजेन्सी । आमाको अन्तिम संस्कार गर्नेबेला कफिनले किचेर छोराको मृत्यु भएको छ । घटना हो इन्डोनेसियाको । इन्डोनेसियाको उत्तर तोराजा जिल्लामा रहेको पारिन्दिङ भ्यालीका सामेन कोन्डोरुराले आमाको अन्तिम संस्कार गरिरहेका बेला कफिनले किचेर मृत्यु भएको हो। बिबिसकिा अनुसार ४० वर्षीय सामेन कोन्डोरुरा सहितको टोलीले उनकी आमाको शवलाई बोकेर अग्लो टावरमा लगिँदै थियो ।

तर त्यति नै बेला टावरमा पुर्याउनका लागि राखिएको भर्याङ चिप्लियो र ढल्यो जसका कारण कफिन खस्यो र पीडितलाई लाग्यो ।’प्रहरीका अनुसार टावरभित्र पुग्नै लाग्दा कफिन खसेपछि माथिसम्म पुगेका मानिसहरु थुप्रै मिटर तल रहेको जमिनमा खसे ।

यसै क्रममा कफिनले पीडितलाई किचेर ज्यान गएको हो । कोन्डोरुराको शव अहिले आमाको शव नजिकै राखिएको बताइएको छ । यो दुखद घटनाले अहिले उक्त जिल्लाका सबै गाउँलेहरु चिन्तित बनेका छन् ।

तपाईको प्रतिक्रिया