काठमाडौं । बरिष्ट न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको आज दिउसो अन्यष्टि गरिने भएको छ । सोमबार ५ बजेर ३५ मिनेटमा देह त्याग गरेका देवकोटाको निधने राष्ट्रल नै शोकमा डुबेको छ । ६५ बर्षको उमेरमा सोमबार काठमाडौको बाँसबारीमा रहेको न्युरो अस्पतालमा निधन भएका वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको काजक्रिया पत्नी मधु दीक्षित, छोरीहरू मेधा, बसुधा र मञ्जरीले गर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ।

वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटालाई अन्तिम श्रद्धाञ्जलि दिन उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत ब्यक्तित्वहरु बाँसबारी पुगेका थिए । उनको अन्त्यष्टिको तयारी गरिरहेका बेला डा। उपेन्द्र देवकोटाले बोलेका बिर्सनै नकिने वाणाीहरुले अहिले चर्चा पाइरहेका छन् ।

एक कार्यक्रममा बोल्दै डा देवकोटाले भनेका थिए मेरो पुस्ताले तपाईहरुलाई संवृद्ध नेपाल दिन सकेन, म माफी माग्छु। मेरो तर्फबाट जे गर्न सक्छु, म गर्छु। हेर्नुहोस् यो जिवन्त भिडियो :

तपाईको प्रतिक्रिया