एजेन्सी । स्व अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपूरलाई डेब्यू फिल्ममा नै कडा झड्का लागेको छ । फिल्म ‘धडक’ बाट बलिउडमा प्रवेश गर्दैगर्दा उनलाई अत्यन्तै न्यून पारिश्रीमत दिएर काम गराइएको रहस्य खुलेको छ । निर्माताले फिल्मको लागि जान्वीलाई भारतीय रु ४५ लाख रुपैयाँ मात्रै दिएर कम मूल्यमा काम गराएको रहस्य खुलकेो छ ।

उनीसँगै बलिउडमा प्रवेश गरेका नायक इशान खट्टरलाई पनि जम्मा भारतीय रु ५० लाख रुपैयाँ पारिश्रमिक दिँदा किन उनलाई कम पारिश्रीमक दिइएको भन्ने प्रश्नले यतिबेला निर्माता निर्देशक घेरिएका छन् ।

बलिउडका चलेका नायकहरुको पारिश्रमिक भने १५ करोड रुपैयाँ भन्दा माथी छ भने नायिकाहरुको पाश्रिमिक ५ करोडभन्दा बढी नै हुने गरेकोमा जान्ह्वीलाई भने गुमराहमा पारेर काम चलाइएको देखिन्छ । २० जुलाईमा रिजिल हुने तयारीमा रहेको फिल्मलाई ध्रर्मा प्रोड्क्सनबाट निर्माण गरेको हो भने शाश्ङक खेतानले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया