काठमाडौ – अशोक दर्जी पछिल्लो समय गीत गाएरै सामाजिक सञ्जालमा भाईरल बनेका बालक हुन् । ‘धन विनाको मन ठूलोकी मन विनाको धन’ गीत गाएर झनै भाइरल बनेका अशोक दर्जी सांगीतिक प्रस्तुतिका लागि देश बिदेशमा जान सुरु गरिसकेका छन् ।

कुनै समय अशोक दर्जीका बारेमा कसैलाई केहि थाहा थिएन । उनी आफ्नो जीवन बाटो बाटोमा गीत गाएर गुजारिरहेका थिए । बस्नको लागि घर थिएन । पढ्नको लागि स्कुल थिएन । घर परिवारको अवस्था नाजुक थियो । तर उनको कला र धेरथोर भाग्यले उनलाई हाल रातारात भाईरल बनाईदियो ।

बिभिन्न युटुब च्यानलहरुले अशोकलाई खोज्न थालेपछि देश तथा बिदेशका नेपालीहरुले उनलाई रुचाए । त्यहि मौका छोपी सँगीतकार टँक बुढाथोकीले अशोकको लोकप्रियता पकड्न उनलाई गीत गान दिए । मन बिनाको धन ठुलो कि धन बिनाको मन । गीत पनि अशोक जस्तै भाईरल बन्यो । सबैको मुख मुखमा उक्त गीत झुण्डिन थाल्यो ।

हाल अशोक पढ्दैछन् । उनको घर बन्दैछ । परिवारको अवस्था पनि सुध्रिन् क्रममा छ । अशोक देश बिदेका कार्यक्रममा पनि व्यस्त छन् यसैबिच उननको मन बिनाको धन ठुलो कि गीतलाई १ करोड दर्शकहरुले हरेका छन् । भिडियो हेर्नुस

तपाईको प्रतिक्रिया