धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–४ भगवती टोलमा मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

से १ प ८३८ नम्बरको ट्रिपरले मगलबार विहान म १ प ३३८० को मोटरसाइकलमा ठक्कर दिँदा वडा नम्बर १३ बोराडाडी बस्ने ४९ वर्षिया पार्वती अवस्थीको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मोटरसाइकल चालक ५२ वर्षका हेमराज अवस्थीको अवस्था गम्भीर रहेको छ । उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइते श्रीमान–श्रीमती हुन ।

मोटरसाइकललाई ठक्कर दिने ट्रिपरका चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कपिल कँुवर र ट्रिपरलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक कमल बिष्टले बताए ।

तपाईको प्रतिक्रिया