चितवन – एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटाँैडाले धरौटीमा रिहा गरेको छ । भरतपुर महानगरपालिका वडा नं ४ त्रिचोकमा क्षेत्रमा बसोबास गर्दै आएकी एक महिलालाई उनले गत वैशाख ९ गते तेजाब छर्केका थिए ।

५२ वर्षीय खनियाले लामो समयदेखि एकतर्फी प्रेम गर्दा आफ्नो कुरा स्वीकार नगरेपछि योजनाबद्ध रुपमा एक महिलालाई एसिड प्रहार गरेर घाईते बनाएको प्रहरीले प्रारम्भीक अनुसन्धनबाट पत्ता लगाएको छ । पीडित पक्षबाट जाहेरी नआएको र घटनाको विषयमा गहिरो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित महिलाको श्रीमान् नेपाली सेनाको सिपाही पदमा कार्यरत छन् । डेरा गरी बस्ने श्रेष्ठ खनियाको घर नजिक डेरी गरि बस्थिन् । खनियाको श्रीमती छोरा, छोरी रहेका छन् । सामान्य चिनजानको क्रममा खनिया श्रेष्ठसँग नजिक भएका थिए । त्यस पश्चात उनले पटक–पटक फोन मार्फत पीडित श्रेष्ठलाई धम्काउँदै आएको प्रहरीले जनाएको छ ।

शरीरको विभिन्न भागमा तेजाप परेर महिला बिरामी भई अस्पतालमा उपचारपछि घर फर्किएकी र उनले प्रहरी नायब निरीक्षक खनियाँ बिरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जेठ ३ गते जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएकी थिइन् ।

अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार जिल्ला अदालतले मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ को दुईबमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

खनियाँले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै उच्च अदालत हेटौँडामा निवेदन पेश गरेकामा उक्त अदालतले रु तीन लाख धरौटीमा रिहा गरेको पौडेलले बताउनुभयो । पीडित महिला र उनका श्रीमान्ले खनियाँविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा जाहेरी दिएका थिए ।

तपाईको प्रतिक्रिया