काठमाडौँ- वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको अन्तिम संस्कार मंगलबार दिउँसो पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा सम्पन्न भएको छ।

सोमबार साँझ निधन भएका डा. देवकोटालाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेदेखि बाँसबारीस्थित न्यूरो अस्पतालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।

अन्तिम श्रद्धाञ्जलीपछि बाँसबारीबाट पशुपतिनाथ परिसरसम्म उनको शवयात्रा गरिएको थियो।

डा देवकोटाकाे पार्थीव शरीरमा श्रीमती डा मधु दिक्षित देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिएका छन्।

डा देवकोटाको पशुपति अार्यघाटमा विद्युतीय मेसिनबाट दाहसंस्कार गरिएको हो। दाहसंस्कार गर्नु अघि डा देवकोटाकालार्इ श्रीमती र छोरीले दागबत्ती दिएका हुन्। उनीहरुले साढे ३ बजे दागबत्ती दिएका हुन्।

६५ वर्षीय डा. देवकोटाको काजकिरिया उनका तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्नेछन्। उनको काजकिरिया सात दिनमा सम्पन्न हुने परिवारजनले जानकारी दिएका छन्।

पशुपति ल्याउनु अघि डा देवकोटालार्इ श्रद्धाञ्जलीका लागि बिहान ८ देखि १ बजेसम्म न्युरो अस्पतालको प्रांगणमा राखिएको थियो।

तपाईको प्रतिक्रिया