काठमाडौं- वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ बाँसबारी स्थित न्यूरो अस्पतालमा निधन भएको थियो।

उनलाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले दागवत्ती दिए। उनको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो। देवकोटाको पार्थिव शरिर श्रद्धाञ्जलीको लागि दिउँसो १ बजेसम्म बाँसबारी अस्पतालमा राखिएको थियो। उनी प्रति श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारणदेखि विशिष्ट व्याक्तिहरु अस्पताल पुगेका थिए। अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार देवकोटाको काजक्रिया सात दिनमा सकिने छ।

डा देवकोटाकाे पार्थीव शरीरमा श्रीमती डा मधु दिक्षित देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिएका छन्। डा देवकोटाको पशुपति अार्यघाटमा विद्युतीय मेसिनबाट दाहसंस्कार गरिएको हो। दाहसंस्कार गर्नु अघि डा देवकोटाकालार्इ श्रीमती र छोरीले दागबत्ती दिएका हुन्। उनीहरुले साढे ३ बजे दागबत्ती दिएका हुन्।

तपाईको प्रतिक्रिया