विश्वकपमा कोलम्बिया र जापान बिचको खेल मोर्डोभिया एरिना रंगशालामा खेल सुरु भएको छ । खेल सुरु भएको केहि मिनेटमै कोलाबियाका खेलाडीले रातो कार्ड पाएका छन् ।

रेफ्रीले रातो कार्ड दिएसंगै जापानले पेनाल्टी पाएको छ । पेनाल्टीमा जापानले १ गोल गर्दै खेलको सुरुमै कोलम्बियालाई दवावमा राखेको छ । खेलको छैटौं मिनेटमा पाएको पेनाल्टिमा जापानका सिन्जि काजवाले गोल गरे । जापानसँग भैरहेको समूह चरणको पहिलो खेलमा जापानका खेलाडी प्रहार गरेको बल हातले रोकेपछि कार्लोस सान्चेजले रेडकार्ड पाएका हुन् ।

यो विश्वकप फुटबलको पहिलो रेडकार्ड कोलम्बियाको नाममा रहेको छ । अहिलेसम्म जापानले कोलम्वियालाई हराउन सकेको छैन । यसअघिका तीन खेलमा एक बराबरी र एक खेलमा हारेको थियो ।

समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा रहेको कालम्बियाले ६१ औ स्थानमा रहेको जापानको सामना गर्दैछ । कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो ।सन् १९६२ मा पहिलोपटक विश्वकपमा सहभागी भएको कोलम्बियाको यो छैटौँ विश्वकप हो । कोलम्बिया जेम्स रोड्रिगेज, फाल्काओ जस्ता विश्वकपबाट उदाएका खेलाडीहरुको अनुभव लिएर मैदानमा उत्रिनेछ । कोलम्बिया विरुद्ध जितका लागि उभिएको छ जापान ।जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेपछि लगातार सहभागिता जनाइरहेको छ ।

तपाईको प्रतिक्रिया