काठमाडौं । कोलम्बियाले जापानविरुद्ध बराबरी गोल फर्काए लगत्तै फेरी जापानले आफ्नो दोस्रो गोल गर्न सफल भएको छ । जापानले खेलको छैठौं मिनेटमा पेनाल्टिमार्फत एक गोलको सुरुवाती अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा कोलम्बियाका खेलाडी कार्लोस सान्चेजले ह्यान्ड गरेपछि उनलाई रातोकार्ड दिइएको थियोभने जापानलाई पेनाल्टिको मौका दिइएको थियो ।

पेनाल्टिमा जापानका सिन्जी कगावाले गोल गरेपछि दह्रिएको जापानले ७३ मिनेटमा दोसे गोल गरेर अहिले लिड गरिरहेको छ । जापानका युवा ओसाकोले दोस्रो गोल गरेका हुन् । त्यसअघि ३९ औं मिनेटमा कोलम्बियाका जुवान क्युनटेरोले फ्रिकिक मार्फत आकर्षक गोल गरेका थिए । पहिलो हाफसम्म बराबरी भएको खेल सकिन बाँकी छँदा निकै रोचक मोडमा पुगेको छ ।

तपाईको प्रतिक्रिया