काठमाडौ – जापानले कोलम्बियालाई २-१को अन्तरमा हराउदै विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

कोलम्बियाले जापानलाई २०१४ को समूह चरणमा ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो। रेड्रिगेजको उत्कृष्ट प्रदर्शनमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो।

पहिलो हाफको छैटौं मिनेटमा १ – ० ले पछि परेको कोलम्बियाले ३९ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको हो। कोलम्बियाका जुआन कुडार्डोले फ्रिकिकमा गोल गर्दै खेल १ -१ को बराबरीमा ल्याएका थिए।

यसअघि खेलको छैटौं मिनेटमा सिन्जी कागवाले पेनाल्टीमा गोल गरेका थिए । कोलम्बियाका कार्लोस सान्चेजले हातले बल रोकेपछि जापानलाई पेनाल्टी दिएको हो। रेफ्रीले सान्चेजलाई रातो कार्ड देखाएकाले कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो।

विश्वकप फुटबलमा दक्षिण अमेरिकी देशलाई हराउने पहिलो एसियन टोलीको इतिहास जापानले बनाएको छ ।

यसअघि कोलम्बियासँग तीन पटक खेल्दा एकमा बरबरी र दुई खेलमा हारेको थियो । दक्षिण अमेरिकी देशसँग १७ पटक खेलेको थियो तर जित्न सकेको थिएन ।

तपाईको प्रतिक्रिया