विश्वकप छनोट चरणको प्रतियोगितामा एक खेल पनि नहारि फाइनलमा स्थान बनाउने अफ्रिकाका तीन टिममध्ये सेनेगल र तर सन् १९७४ र ८२ मा तेस्रो स्थान हासिल गरेको पोल्याण्डबिचको खेल अहिले जारी छ । खेल सुरु भएको २५ मिनेटसम्म पनि यि दुई देशले एक अर्काबिच कडा प्रतिस्पर्धा जारी राख्दै कसैले पनि खाता खोल्न सकेका छैनन् ।

सेनगलको मुख्य हतियार डिफेन्स र चर्चित टिम पोल्याण्डबिचको जारी खेल अहिले रोचक मोडमा पुगेका बेला २००८ मा राष्ट्रिय टिममा डेब्यु गरेका लेवान्डोस्कीले अहिलेसम्म ९३ खेलमा ५२ गोल गरिसकेका कारण पनि यि दुईबिच हुने रोचक प्रतिस्पर्धालाई पनि खेलप्रेमीहिरुले के हुन्छ भनेर यसै भन्न सकिने अवस्था छैन ।

तपाईको प्रतिक्रिया