फिफा विश्वकप अन्तर्गतको छैटौँ दिनको दोस्रो खेलमा पोल्याण्डविरुद्ध सेनेगलले पहिलो गोल गर्दै अग्रता लिएको छ । विश्वकपका पछिल्ला संस्करणमा खासै प्रभाव जमाउन नसकेका राष्ट्रद्धय पोल्याण्ड र सेनेगलबिचको जारी खेलमा सेनेगलले खेलको ३७ औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको हो । जसका लागी थिएगो यिोनेकले गोल गरेका हुन् ।

सन् १९७४ र ८२ मा तेस्रो स्थान हासिल गरेको पोल्याण्डले २०१० र १४ को विश्वकपमा स्थान बनाउनै सकेन । यस्तै, २००२ को विश्वकप डेब्युमै डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराएको सेनगल क्वार्टरफाइनलसम्म पुगेको थियो, जुन अफ्रिकी टिमको सबैभन्दा ठूलो सफलता हो । १६ वर्षपछि सेनेगल पुनः विश्वकपमा फर्किएको छ । यि दुई राष्ट्रको इतिहाँस र जारी खेल हेर्दा के हुन्छ यत्तिकै भन्न सकिने अवस्था छैन ।

तपाईको प्रतिक्रिया