मस्को- कोलम्बियाका कार्लोस सान्चेज विश्वकप इतिहाँसमै दोस्रो छिटो रातो कार्ड पाउने खेलाडी बनेका छन्। जारी विश्वकप अन्तर्गत समूहगत चरणको आफ्नो पहिलो खेलमा कोलम्बिया मंगलबार जापानसँग उत्रिएको थियो।

तर सान्चेजले डीबक्सबाहिरबाट गरेको प्रहार हातले रोकेपछि खेल सुरु भएको दुई मिनेट ५६ सेकेन्डमा सान्चेजलाई रातो कार्ड देखाईएको थियो। यसअघि सन् १९८६ को विश्वकपमा उरुग्वेका जोसे अल्बर्टो बाटिस्टाले खेल सुरु भएको ५४ ‍औं मिनेटमै रातो कार्ड पाएका थिए।

त्यतिबेला उरुग्वे स्कटल्यान्डसँग भिडेको थियो। तेस्रो मिनेटमै १० खेलाडीमा सिमित भएको कोलम्बियाले जापानसँग २-१ गोलले पराजित भएको छ। जापान दक्षिण अमेरिकी टोलीलाई पराजित गर्ने पहिलो एसियाली राष्ट्र बनेको छ।

विश्वकपमा ८ वर्षपछि ह्यान्डबलका कारण रातो कार्ड देखाइएको हो। यसअघि सन् २०१० को विश्वकपको क्वाटरफाइनलमा घानाविरुद्ध खेल्ने क्रममा उरुग्वेका लुइस स्वारेजले रातो कार्ड पाएका थिए।

तपाईको प्रतिक्रिया