मस्को– विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो पहिलो खेलमा सेनेगलले अग्रता लिएको छ । फिफा वरियतामा ८ औं स्थानमा रहेको पोल्याण्ड खेलमा २ –० ले पछि परेको छ ।

पोल्याण्डका थिएगो क्लोनेकको आत्माघाति गोलमा सेनेगलले अग्रता लिएको हो । समुहचरणको यो पहिलो राउण्डको अन्तिम खेल हो ।

सेनेगल त्यहि टोली जसले सन् २००२ को विश्व कपको पहिलो खेलमा साविक विजेता फ्रान्सलाई हराएर सनसनी मच्चाएको थियो । त्यति मात्र होइन, टोली क्वार्टफाइनल सम्म पुगेको थियो । यपद्दी टोली गोल्डन गोल्डमा टर्कीसँग पराजित भएको थियो ।

त्यो टोलीका लागि सफल इतिहास थियो । १६ वर्षपनि लिभरपुलका साडियो माने त्यस्तै अर्को टोलीलाई नयाँ इतिहास लेख्न चाहन्छन् । यसपटक सेनेगलले पोल्यान्डको सामना गर्दै विश्व कपको सुरुवात गर्दैछ ।

तपाईको प्रतिक्रिया