एजेन्सी । भारतीय चर्चित क्रिकेटर तथा टीम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनीकी श्रीमती साक्षीले हतियार राख्ने लाइसेन्स मागेकी छिन् । साक्षीले आँफु घरमा एक्लै बस्ने भएकाले ज्यानको खतरा भएको भन्दै उनले हतियार राख्ने लाइसेक्स माग गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार उनले पिस्तोल वा ०।३२ रिभोल्भरका लागि आवेदन दिएकी छिन् । साक्षीका अनुसार उनी धेरैजसो समय एक्लै बस्छिन् । नीजि कामले एक्लै यताउता जानुपर्छ त्यसकारण आफ्नो ज्यानको खतरा भएकाले ढिला नगरिकन हतियार खरिद गर्ने लाइसेन्स दिनुपर्ने माग गरेकी छिन् ।

करिब ९ वर्ष पहिले धोनीले पनि लाइसेन्स पाएपछि पिस्तोल खरिद गरेका थिए । धोनीको रातूको दलादलीस्थित निवासमा सात हतियारधारी सुरक्षाकर्मी तैनाथ गरेर उनीहरुलाई सुरक्षा दिइएकाले कुनै सुरक्षा खतरा नभएको समेत प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया