काठमाडौ – पछिल्लो केहि समयदेखी संचारकर्मी रबि लामिछानेको बारेमा सामाजिक संजालमा खुब चर्चा भईरहेको छ । कतिपय अनलाईनहरुमा उनलाई ३ बर्षको कैद सजायसम्म हुनसक्ने भन्नेबारेमा समाचार आईसकेपछि रबिले पनि यो बिषयमा आफ्ना भनाईहरु आईरहेका छन् । यसैबिच चर्चित संचारकर्मी प्रेम बाँनियाले यस्तो स्ट्याटस लेखेका छन्-

एउटा उल्कापात ! एउटा बज्र !! वा एउटा सकारात्मक बिध्वंश !! रबि लामिछानेलाई देशप्रवृति, पत्रकारिताप्रवृति र जीवनका धेरै अनुभव, लडाईंजुधाई र सत्यहरु सुम्पिएर र यताका केही ग्रहण गरेर केही समयको लागि (मात्र केही समयको लागि) विदेसिएको पात्र हूँ म ।

आज रबिजी त्यही स्टुडियोबाट बोलिरहेका छन् जसका लागि एकएक इटा संकलन गरेर, जग हालेर र त्यसलाई जीवन्त बनाएर हिंडेको हूँ म । आज रबिजी माथि आक्रमण गरिरहेका यिनै पिप्साहरुले हिजो मजस्ता धेरैधेरैलाई देश छोड्न बाध्य पारेका छन्, कतिकतिको के-के समाप्त पारेका छन् भनीसाध्य छैन र यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ !!! यो एक प्रकारको ‘ओपनसेक्रेट’ हो ।

उनीहरु भनिरहेका छन् ‘रबिले वर्कपरमिट लिएन, यसो गर्यो- त्यसो गर्यो, जेल हाल्नुपर्छ’ आदिआदि । तर, बिचराहरुलाई के थाहा रबिजीले अमेरिकाको नागरिकता वा पासपोर्ट नै अमेरिकी सरकारलाई बुझाएको कति भयो ? अनि त यति ढिलो आएर (पत्रकारहरु) ‘डेट एक्सपाएर्ड न्यूज’को खेती गरिरहेका छन् ! आज प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम हेर्न नभुल्नु होला र थाहा पाउनुहोला कि यो देशमा दुईचार दाना कुहिएका आलुहरुले सिंगै बोरालाई कसरी दुर्गन्धित बनाइरहेका छन् ?

हरपल कुरा भइरहन्छ र भनिरहेको छु रबिजी, कुनै पनि समय, जीवनको कुनैपनि मूल्य चुकाएर देशको लागि परिवर्तनका जबर्जस्त अगुल्टाहरु भएर अघि बढ्नैपर्छ र हम्मेशा म तयार छु अब त हामी झन् तयार भएका छौं विश्वभरीबाट !!!

तपाईको प्रतिक्रिया