काठमाडौं । केही समययता ‘मन विनाको धन ठूलो कि धन विनाको मन’ गीत गाएर चर्चामा आएका बालक अशोक दर्जीको नाम अहिले देश विदेशमा समेत फैलिएको छ । छोटो समयमै देश बिदेशमा कन्सर्टसमेत गर्न भ्याएका छन् अशोकले । आर्थिक स्थिति निकै कमजोर रहेका बालक अशोकलाई संगीतकार टंक बुढाथोकीले साथ लिएर एउटा स्थानमा पुर्याएका छन् ।

जसले अशोकका लागि घर बनाउने भन्दै देश बिदेशसम्म रकम संकलन भएको छ । यस्तो रकम अहिलेसम्म लाखौंको हाराहारीमा उठेको बताइएको छ । तर, यसैबीचमा अशोकका लागि घर बनाउन भनेर थालिएको बिराटनगरमा स्थानीयले सहयोग रकमका बारेमा प्रश्न उठेको छ । घर निर्माण अघि बढेपनि अहिलेसम्म जग्गा बैनामात्र भएको र पास नभएको तथा ठेकेदारलाई पनि समयमा पैसा नदिइएको भन्दै स्थानीयले सहयोगका नाममा उठेको रकम दुरुपयोग हुनसक्ने भन्दै रकम तुरुन्त सार्वजनिक गर्न माग गरेका छन् ।

ठेकेदारले पनि अहिलेसम्म ३० हजार रुपैयाँमात्र प्राप्त गरेको बताएका छन् । २ लाख २० हजारमा ठेक्का लिएको बताएका ठेकदारले आफुलाई आर्थिकको  बारेमा भने कुनै गुनासो नरहेको बताउँदै छिट्टै घर सम्पन्न गर्ने बताएका छन् ।

संगीतकार तथा गायक टंक बुढाथोकीले यो भिडियो बाहिरी संगै आफ्नो प्रतिक्रिया दिदै दुख ब्याक्त गरेका छन् । उनले भिडियोको तल पुगेर कमेन्ट गर्दै लेखेका छन्

म सहयोग र अशोक को चर्चा बचाइ राख्न को लागि कुदिरहेको छु । यो साथि ले खिचेको भिडियो मा हेर्न सकिन्छ काम भैर्हेको छ । हामिले पाएको नगद रकम बाट सिमेन्ट रड लाइ र र अरु चाहिने सामान मा दि इ रएका छौ । नगद म सङ्व आएको रकम अलि अलि दिदै आउछ भन्ने आशामा मैले काम अगाडि बढाएको सबैलाइ थाहा नै छ । अब 23 तारिक मा मेरो you tub को 3 लाख 3 लाख 69 हजार मलेसिया को कार्यक्रम र अब Dubai बाट आउने रकम ले सबैको तिर्ने छु ।

दुख लाग्छ यस्ता सस्ता भिडियो बनाउने युटुबर देखेर । मैले भन्दै आएको छु हाम्रो UAE को कार्यक्रम सके पछि म आफै घर बनाउन हेर्न जान्छु भनेर । रकम पठाउन हुने सहयोगि हरु निरास भएर msz पठाउनु हुन्छ । म अन्तिम दिन हजुर हरुले मलाइ chat मा पठाउनु भएको msz नै पृन्ट गरेर देखाउने छु । दुख लाग्छ यस्ता प्रचार गरेर अशोक दर्जी समाप्त पार्न खोज्ने हरु देखेर । पुर्ण वाइबा दाइ हामि भन्दा धेरै बुझेको पाको र पर्दा सहयोग नि गर्न सक्छु भन्ने दाइ आज बार बार 50000 पाको छु भनेर बोलिरहदा अब मलाइ दाइ प्रतिको आशा मरेको छ । दाइ म Dubai बाट फर्कने बितिकै सबै ब्यबहार मिलाउने छु ।

थप भिडियोमा हुर्नुहोस :

तपाईको प्रतिक्रिया