भक्तपुर – धादिङ्गमा जन्मिएका राजु तामाङ्ग हालै काठमाडौँको जोरपाटीमा बस्ने गर्छन। उनी शारीरिकरुपमा अशक्त छन्। दुई वर्षको उमेर देखि नै अपाङ्ग भएका राजु गलैचा बुनेर आफ्नो जीविका पार्जन गरिरहेका छन्।

उनी दुई वर्षको हुँदा खुट्टामा सानो घाउ निस्केको थियो। त्यस घाउँमा भित्र-भित्रै क्यान्सर भयो। क्यान्सर भएको थाहाँ भएपछि अप्रेसन गर्न डाक्टरले उनकी आमासँग सल्लाह गरे। उनकी आमाले छोराको खुट्टा निको हुन्छ भन्ने अप्रेसन गर्ने फैसला गरिन। सो बमोजिम अप्रेसन भयो। तर उनकी आमा अप्रेसन गर्दा खुट्टा काट्छ भन्ने बारे अनविग्य थिइन्। अप्रेसन पछि छोरालाई भेट्न जाँदा उनको एउटा खुट्टा थिएन। उनको दाइने खुट्टा काटिएपछि कृत्रिम खुट्टा राखिएको छ।

उनका परिवारमा चार बहिनी, चार भाई र आम-बुबा छन्। घरको जेठो छोरा भएका कारण धेरै काम गर्नु पर्ने तर शारीरिक रुपले अशक्त भएकाले धेरै काम गर्न नसक्ने र घरमा पनि अरुलाई गर्ने जस्तो माया पाएनन। त्यसकारण उनी आफ्नो जन्मथलोमा बस्न रुचाएनन। उनले काठमाडौँ आउने अठोट गरे। काकासँग सल्लाह गरि उनका बच्चा हर्ने काम गर्ने भनेर उनी ११ वर्षको सानो उमेरमा नै काठमाडौँ आए।

गलैचा कारखानामा काम गर्दा-गर्दै उनले गलैचा बुन्ने युवतीसँगै विवाह गरे। शुरुवातमा उनीहरुको वैवाहिक जीवन राम्रै थियो। आफुले पैसा कमाउन नसक्ने भएकाले उनकी श्रीमती पैसा कमाउछु भनेर सलाह गरि मलेशिया लागिन। उनी भन्छन,’अपाङ्ग भएता पनि मलाई श्रीमतीले सपाङ्गको जस्तै माया गर्थिन। उनी कमाउन गएपछि उनीमा परिवर्तन आयो। उनी विदेश गएपछि एकबर्षसम्म फोनमा राम्रै कुरा हुन्थ्यो। शुरुमा उनले ऋण तिर्न पैसा पनि पठाईन। तर उनी अहिले फर्कीसकेकी छिन् तर मलाई नचिन्नी भएर आईन।’ उनकी श्रीमतीले अझै १० वर्ष आउदिन भनेकै ५, ६ दिनपछि उनी स्वदेश फर्किन। उनी ३ वर्षको बसाई पछि नेपाल आएकी थिइन्। हाल श्रीमती कहाँ बस्छिन भनेर उनलाई थाहाँछैन। उनको एक ६ वर्षिया छोरी पनि छिन् तर उनी आएपछि आफुसँगै लिएर गईन।

शुरुमा उनकी श्रीमतीका परिवारसँगको सम्बन्ध पनि राम्रो थियो। ससुराली नजिकै भएका कारण उनी काम नभएको समय त्यही गएर बस्दथे। जब उनकी श्रीमती विदेशबाट आईन त्यसपछि माइतीपक्षले पनि उनलाई नचिनेको जस्तो व्यवहार गरे। आफ्नी श्रीमती र छोरीको बारेमा बुझ्न जाँदा सासुआमाले के समबन्ध छ ? विवाह दर्ताको प्रमाण खोजे तर आफुसँग विवाह प्रमाण नभएको कारण आफुले केहि गर्न नसकेको उनले बताए।

उनी शारीरिक रुपले अशक्त भएका कारण उनकी श्रीमतीले छोरीसमेत लिएर छाडेर गईन। अहिले उनी एक्लै आफ्नो जीवन बिताई रहेका छन्। उनी दिनभरि गलैचा बुन्ने गर्छन। उनी मासिक १२ हजार कमाउँछन। उनी भन्छन, ‘मनमा जति दुख भएपनि आफु एक्लैलाई जीवन धान्न लागि पुगेकै छ।’ राजु तामाङ्ग आफ्नी छोरीलाई लामो समय देखि देख्न पाएका छैनन्। आफु मर्नुअघि भेट्न पाइने हो या हैन भन्ने चिन्ताले उनलाई पिरोलिरहन्छ। उनी छोरीलाई एकपटक देख्न पाइन्छकी भन्ने आशमा छन्।

हेर्नुहोस यो मार्मिक भिडियो :

तपाईको प्रतिक्रिया