काठमाडौ – विश्वकप फुटबलको दोश्रो चरणको खेलमा अर्जेन्टिनालाई २ –० ले पछि पार्दै क्रोयासियाले अग्रता लिएको छ । पहिलो हाफ गोलरहित बराबरी भए पनि दोश्रो हाफको पछि क्रोयसियाले गोल रक्षकको कमजोरीको फाइदा उठायो ।

अर्जेन्टिना विरूद्ध क्रोएशियाका मोड्रिकले दोश्रो गोल गरेका हुन्। यसअघि खेलको दोस्रो हाफको ५३ औं मिनेटमा क्रोएशियाका रेबिकले अर्जेन्टिना बिरूद्ध गोल गरेका थिइ।

अघिल्लो चरण प्रवेशका लागि यो खेल जित्नै पर्ने दवावमा अर्जेन्टिना भएपनि गोल खान पुुगेको छ । आफ्नो पहिलो खेलमा पनि अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरी खेलेको छ ।

क्रोयसियाले भने नाइजेरियालाई पराजिग गरेको छ । आजको खेलमा पराजित भए अर्जेन्टिका दोश्रो चरणको संभावना न्युन हुनेछ । तर क्रोयसिया यो खेल जिते सिधै छनोट हुनेछ ।

तपाईको प्रतिक्रिया