काठमाडौ – अर्जेन्टिना क्रोयसियासँग लजास्पद हार बेहोरेको छ । समुहको दोश्रो खेलमा ३–० ले पराजित भएपछि अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको संभावना न्युन भएको छ । नकआउट चरण प्रवेशका लागि जित्ने पर्ने दबाबका साथ जारी विश्वकपमा क्रोएसिया विरूद्ध उत्रेको अर्जेन्टिना समूह चरणको दोस्रो खेलमा ३-० ले पराजित हुन पुगेको हो।

पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बरारी खेलेका अर्जेन्टिना क्रोयासियासँग २–० ले पराजित भएको हो । अर्जेन्टिनाका गोल रक्षकको कमजोरीको फाइदा उठाउँदै पहिलो र तेश्रो गोल गरेको क्रोयसियाले दोश्रो गोल डिफेन्डरको कमजोरिको फाइदा उठायो ।

दोश्रो हाफको ५३ औं मिनेटमा एन्टे रेविचले गोल गर्दै क्रोयसियालाई अग्रता दिलाए । लुका मड्रिचले ८० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ९१ औं मिनेटमा इभान राकिटिचले गोल गर्दै फराकिलो जीत दर्ता गरे ।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोश्रो हाफको सूरुमै क्रोयसियाले अग्रता बनायो ।अन्त: अर्जेन्टिना क्रोएशियालाई३-० को जित सुम्पिन बाध्य भयो।

जीतसँगै क्रोएशिया ६ अंक बटुल्दै दोस्रो चरण प्रवेश गरेको छ। क्रोएसियाले यसअघि नाइजेरियालाई पराजित गरेको थियो भने अर्जेन्टिना आश्चर्यजनक ढंगले सानो युरोपेली राष्ट्र आइसल्यान्डसँग बराबरी खेल्दै अंक बाढ्न बाध्य भएको थियो।

क्रोएशियासँगको हारले अर्जेन्टिनाको दोस्रोचरण प्रवेश क्षिण बनेको छ। अब उसले नाइजेरियासँग खेल्न बाँकी छ।

तपाईको प्रतिक्रिया