एजेन्सी – ‘एक महिला हुनुका बावजुद आनन्दीबेन पटेलले यसतो बयान दिइन, त्यसैले यो स्पष्टिकरण दिनु पुरेको हो । मेरो लागि यो दुखको कुरा हो कि मोदी विवाहित भएको वावजुद यसता बयान दिइरहेका छन् ‘यो भनाइ प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेनको हो । उनले यो कुरा एक अन्तरवार्तामा भनेकी थिइन् ।प्रधानमन्त्री मोदी अविवाहित बताइएको आनन्दीबेनको बयानलाई लिएर जसोदाबेन दुखि भएकी छिन् । गुजरातका पुर्व मुख्यमन्त्री तथा मध्य प्रदेशकी राज्यपाल आनन्दीबेनले एक कार्यक्रममा भनेका थिए– नरेन्द्र भाइले विवाह गरेन तर पनि महिला र बच्चाको पिडालाई बुझ्नु हुन्छ ।आनन्दीबेनको उक्त बेयानले जसोदाबेन र उनका परिवारका सदस्य अत्यन्त रुष्ट भएका छन् । जसोदाबेनले भनिन्– सबैलाई थाहा छ, नरेन्द्र मोदीको विवाह भएको थियो । फेरी पनि यिनीहरु झुठो प्रचार गरिरहेका छन.् ।जसोदाबेन र उनका परिवारले आनन्दीबेनको बयान पुर्ण रुपमा झुठो भएको बताएका छन् । यो त्यसतो झुठ हो जुन राजनितिक फाइदाका लागि फैलाइरहेको उनीहरुले बताएका छन् । जेसोदाबेनका भाइ अशोक मोदीले बीबीसी गुजरातीलाई भने– मान्छेहरु राजनितिका लागि नरेन्द्र मोदी र जसोदाबेनका बारेमा झुठो प्रचार गर्नु हुँदैन ।

नरेन्द्र मोदीले सन् २००२, २००७ र २०१२ को गुजरात विधानसभा चुनावमा चुनावको नामांकन फर्ममा आफनो वैवाहिक स्थितिका बारेमा कुनै जानकारी दिएको थिएन ।तर सन् २०१४ को लोकसभा चुनाव अगाडी मोदीले पहिलो पटक औपचारिक रुपमा चुनावी नामांकन पत्रमा आफु विवाहिता भएको स्विकार गरेका थिए ।उनले नामांकन फर्ममा जोसदाबेनलाई आफ्नी पत्नी भएको उल्लेख गरका थिए । यद्यपी, प्यानकार्ड र सम्पतीसँग सम्बन्धित कागजातमा उनले यस विषयमा कुनै जानकारी दिएको छैन । त्यसका लगत्तै प्रधानमन्त्री मोदीका दाजु सामाभाइ दामोदरदास मोदीले एक विज्ञप्ती जारी गर्दै विवाहको केही दिनपछि नै उनी र जसोदाबेन अलग्ग भएको बताएका थिए ।सोमाभाइले भने– हामी सामाजिक र आर्थिक रुपले पिछडिएको जातीमा पर्छौं । हाम्रो समाजमा बालविवाह प्रथा प्रचलित थियो र १७ बर्षको उमेरमा नरेन्द्र मोदीको विवाह जसोदाबेनसँग भएको थियो । समाचारपत्रमा खबर छ ।

विवाहको केही दिनपछि नै ती दुई अलग्ग भएका थिए । यद्यपी दुबैले कहिले पनि आफनो विवाहलाई औपचारिक अन्त्य भने गरेन ।सन् २०१३ मा भारतको सर्वोच्च अदालतले एक फैसला सुनाउँदै चुनावी प्रत्यासीले नामांकन पत्रमा मागेका सबैको सही जानकारी दिनु पर्ने आदेश दिएको थियो ।यदी कुनै कोलम खाली छुट्न गएमा उसको नामांकन पत्र रद्द गर्न सक्ने फैसलामा उल्लेख गरिएको थियो । अदालतले आफनो आदेशमा मतदातालाई आफना चुनावी प्रत्यासीका बारेमा सबै कुरा जान्ने अधिकार रहेको उल्लेख गरेको थियो ।नरेन्द्र मोदीसँगको विवाहको समयमा जसोदाबेनको उमेर मात्र १५ बर्ष थियो । मोदीले आरएसएसमा संलग्न भएपछि जसोदाबेनलाई छोडेको आलोचकहरु बताउँछन् । संघका स्वयंसेवकलाई विवाह गर्ने अनुमति छैन ।आलोचकहरुले लामो समयसम्म जसोदाबेनलाई पत्नीका रुपमा स्विकार नगर्नु महिलाप्रति मोदीको उदासिन रवैया भएको बताए ।

तपाईको प्रतिक्रिया