दाङ – दाङमा बुहारीले आफ्नै सासु आमाको हत्या गरेकी छन्।दाङ घोराही मा ३२ बर्षीया लालसरी बुढाले आफ्नी ५६ वर्षीया सासु आमा दिलकुमारी बुढाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान ६ बजेतिर बुहारी लालसरीको कुखुरा सम्मुख घर भएकी सासु दिलकुमारीको घरमा प्रवेश गरेर विठ्याँई गरेपछि झगडा भएको थियो।

सासु दिलकुमारीले गाली गर्दै तेरो कुखुरा आएर घर भित्र विठ्याँउ गर्‍यो, भन्दै गालि गरेको र त्यसपछि बुहारी लालसरी गएर सासुको घाँटी अठ्याएर हत्या गरेको भन्ने खुल्न आएको छ ।सासु बुहारी छुट्टिएर भिन्दै बस्दै आएका भए पनि उनीहरुको घर सम्मुख थियो।

प्रहरीका अनुसार सासु बुहारीको बिचमा लामो सयमदेखि बालेचाल पनि थिएन। लासरीका पति राजविराजमा बस्दै आएका छन्। घरमा कोही नभएको मौका छोपी रिसिवी साँध्न बुहारीले सासुको हत्या गरेको भन्ने पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया