अर्घाखाँची- झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएपछि शितगंगा नगरपालिका १३ का वडाअध्यक्ष सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर्णबहादुर भाट क्षेत्री, मनि भाट क्षेत्री र वडाअध्यक्ष दुर्गाबहादुर बिसी रहेका छन् ।

भारतीय महिलालाई नागरिकता प्रमाणपत्र दिलाउन कर्णबहादुर भाट क्षेत्रीले बुवा र मनि भाट क्षेत्रीले आमा बनेर झुटो विवरण पेश गरेर कीर्ते गरी नागरिकता दिलाएको भेटिएपछि उनीहरुलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुबा आमाको नाता कायम गरी वडाध्यक्ष बिसीले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा मिति २०७४ साउन २३ गते नेपाली नागरिकताको प्रमाणपत्र बनाएका थिए ।नक्कली नागरिकता बनाउन लगाउन योजना बनाउने चुडामणि भाट क्षेत्री भने फरार रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया