काठमाडौं । बलिवुड अभिनेता अजय देवगन र उनकी श्रीमती काजोल हिजोआज छोरी न्यशाका कारण दंग छन् । सन्तान जन्मिएपछि काजोल केही समय सन्तान हुर्काउन व्यस्त भइन् भने अजयले निरन्तर अभिनय गरिरहे र समय बित्दै गयो काजोल र अजयकी छोरी अहिले जवान भइसकिन् । काजोलकी छोरी न्यशा पहिलोपटक आमा काजोल संगै रेड कार्पेटमा उत्रिँदा बलिउडमा ठूलो चर्चा भयो ।

सिंगापुरमा काजोलको मैनको मूर्ती निर्माण गरिएको र उक्त मूर्तीको सिलान्यास गर्न काजोल सिंगापुर गएकी थिइन्। उक्त कार्यक्रममा उनले आफ्नू छोरी न्यशालाई पनि संगै लागेकी थिइन्। काजोलले उक्त कार्यक्रममा छोरी संगैको फोटो सामाजिक संजालमा राखेपछि उक्त फोटोले अहिले ब्यापक चर्चा पाइरहेको छ । सो अवसरमा कार्यकममा सहभागी हुन नपाएकोमा अजयले ट्विट गर्दै जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया