रसियामा जारी विश्वकप २०१८ खेलमा कोस्टारिकाविरुद्व ब्राजिलले अन्तिम समयमा २–० गोल गर्दै जित निकालेको छ ।

खेलको ९१ औं मिनेटमा ब्राजिलका खेलाडी फिलिप कोन्टिन्होले पहिलो गोल गरेका थिए भने दोस्रो गोल स्टार स्टाइकर नेइमारले गरेका हुन् । नेइमारले खेलको ९७ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । दुवैले अतिरिक्त समयमा समयमा गोल गरेका हुन् ।

शुक्रबार मात्र ब्राजिलले प्रतियोगितामा कोस्टारिका विरुद्ध संघर्षपुर्ण जितसहित नकआटचरण बलियो बनायो। जसमा काउन्टिन्होल प्रतियोगितामा दोस्रो गोल गरे अज काउन्टिन्होले ब्राजिललाई अक्तिरिक्त समयमा उदार गरे भन्दा फरक पर्दैन। कोउन्टिन्होको चर्चासँगै ब्राजिलियन मोडल सुजी कोर्टजले उनीसँग डेट जाने इच्छा ब्यक्त गरेकी छिन्।

विश्वकपमा ब्राजिलले सफलता प्राप्त गर्दा काउन्टिन्होको योगदान धेरै रहेने उनले बताएकी छिन्। ‘यदि यसपटक ब्राजिलले विश्वकप उपाधि उचाल्यो भने काउन्टिन्हो नायक हुने छन्, सवै खेलमा उसको प्रभाव रहने छ, उनको प्रभावबाट म कसरी मुक्त हुन सक्छु उनीसँग डेट जाने इच्छा छ।’

काउन्टिन्होतर्फ ढल्केकी सुची भन्छिन्, ‘वर्तमान समयमा ब्राजिलका उत्कृष्ट खेलाडी नै उनीमात्रै हुन्। उनीजस्तो खेलाडीले मलाई समय दिएको खण्डमा त्यो अभुतपुर्व हुने छ।’ सुजीले स्ट्राइकर नेयमार जुनियरको भने आलोचना गरिन् उनले नाटकबाजी बढी गर्ने गरेको तथा केवल मिडियाबाजी र स्टन्टमा नेयमार अघि रहेको उनको आरोप लगाएकी छन् ।

स्मरण रहोस लियोनल मेसीका एक नम्बर समर्थक रहेकी कोर्टजले सधै मेस्सीको समर्थन गर्दै आएकी थिईन ।

तपाईको प्रतिक्रिया