काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा भर्खरै भएको छ । परीक्षा नियन्त्रण कार्यालयले चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो ।

नतिजा सार्वजनिक गरेसँगै त्यसलाई काठमाडौं वर्ल्ड स्कुलसँगको सहकार्यमायस लिंकबाट नतिजा हेर्न सकिन्छ ।

विभिन्‍न वेबसाइटबाट पनि एसर्इर्इको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ। एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np मा, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ।

नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ। edusanjal.com र edukhabar.com मा पनि नतिजा हेर्न सकिन्छ।

एसर्इर्इ परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका थिए। एसईई परीक्षा गत चैत आठ गतेदेखि सञ्चालन भएको थियो।

नतिजा हेर्नका लागि results.ekantipur.com मा लगइन गर्नुका साथै रिजल्टस् र सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने छ। एसईईको नतिजा see.ratopati.comमार्फत हेर्ने व्यवस्था मिलाएको हो ।

गत चैतमा देशभरका १ हजार, ९ सय, ५६ केन्द्रबाट लिएको एसईईपरीक्षामा ४ लाख, ८५ हजार, ५ सय, ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख, ६१ हजार, ५ सय, १५ र एक्जाम्टेडतर्फ २४ हजार, ७१ परीक्षार्थीले सहभागिता जनाएका थिए।

तपाईको प्रतिक्रिया