काठमाडौं । विश्वकप फुटवलको समूह एचको दोस्रो खेलमा जापान र सेनेगलले बराबरी खेलेर अ‌ंक बाँडेका छन् । अघिल्लो खेलमा जित हासिल गरेका दुबै टिमले यस खेलमा २-२ को बराबरी खेलेका हुन् ।

अफ्रिकी राष्ट्र सेनेगल र एसियाली देश जापानले समूह चरणको खेलमा बलिया मानिएका देशहरू क्रमश: पोल्यान्ड र कोलम्बियालाई पराजीत गर्दै सबैलाई आश्चर्यमा पारिदिएका उनीहरू जित निकाल्ने लक्ष्यका साथ मैदानमा आएका थिए।

निक्कै नै रोमाञ्चक र मुसा बिरालोको शेलीमा चलेको आजको प्रतिष्पर्धातमक खेलमा सेनेगलले खेलको ११ औं मिनेटमा अग्रता कायम गरेको थियो। सो गोल गोल १० नम्बर जर्सी लगाएका साडियो मानेले हानेका हुन्।

गोल खाएर पछि परे पनि जापान खेलको ३४ औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा फर्कियो। सो बराबरी गोल जापानका इनउइले खेलको ३४ औं मिनेटमा बराबरी गोल फर्काएका हुन्।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोश्रो हाफमा फेरि सेनेगलले खेलको ७१ औं मिनेटमा अग्रता लियो। सेनेगलका लागि दोश्रो गोल सेनेगलका १९ वर्षिय वागेले गरे। सेनेगलका लागि यो उनको पहिलो अन्तराष्ट्रिय गोल थियो।

दोश्रो गोल खाएपछि जापान दबाबमा पर्‍यो तर सो दबाब उसले धेरै बेर झेल्नुपरेन। जापानका स्टार खेलाडी केसुके होन्डाले खेलको ७८ औं मिनेटमा बराबरी गोल फर्काए। यो होन्डाको जापानका लागि ३७ अन्तराष्ट्रिय गोल थियो।

एक अर्काको पोस्टमा खेल अवधीभर जापान र सेनेगलले आक्रमण गरिरहे। सो क्रममा दुबैले केहि महत्वपूर्ण अवसर गुमाएका थिए।

बराबरीसँगै समूह ‘एच’मा जापान र सेनेगलको एक जीत र बराबरी सहित समान ४ हंक भएको छ. उनीहरूको बराबरीले समूह चरणको पहिलो खेल हारेका पोल्यान्ड र कोलम्बियामाथी दबाब चर्को भएको छ।

खेल सुरु हुन् पुर्व जापानका प्रशिक्षक आकिरा निसिनो भने सेनेगलका खेलाडीहरु शारिरिक कदमा अग्ला र बलिया हुन्छन्। यता, जापनिज खेलाडीहरु भने होचा कद हुन्छन्। उनीहरुको गती, शारिरिक बनावट र एकजुट भएर खेल्ने गुणले आफूहरुलाई अप्ठारो पार्नसक्ने भएकाले त्यसलाई बुझ्दै आफूहरुले योजना बनाएको उनी बताउँछन्।

‘सेनेगलविरुद्ध खेल्नुअघि मैले खेलाडीहरुले पाँच सेन्टिमिटर उचाई र पाँच किलोग्राम तौल बढाउन भनेको थिए,’ ठट्टा गर्दै प्रशिक्षक आकिराले भने, ‘यदि शारिरिक टकराब भयो भने हामीलाई घाटा हुन सक्छ तर उनीहरु र हामीले खेल्ने एउटै बल हो। हामी दिमागको प्रयोग गर्दै चतुर्याई र रणनीतिका साथ उनीहरुविरुद्ध खेल्नेछौं।’

तपाईको प्रतिक्रिया