काठमाडौ – विश्वकपमा कोलम्बियाले दोश्रो चरण प्रवेशका लागि आशा जीवित राख्न ‘गर या मर’को अवस्थामा रहेको म्याचमा पोल्यान्डमाथि ३-० को महत्वपूर्ण जीत निकालेको छ। आजको जीतले कोलम्बियाको विश्वकप यात्रा जारी रहने आशा बढेको छ। उसको नकआउट चरणको यात्रा सेनेगलसँगको अन्तिम खेलले निर्धारण गर्नेछ।

आज भएको खेलमा कोलम्बिया र पोल्यान्डको न्यूनतम लक्ष्य थियो- जीत। पहिलो खेल हारेका दुबै टोली जित्ने लक्ष्यका मैदानमा उत्रेका थिए।

खेलको सुरूबाट नै उनीहरू एकअर्का विरूद्ध आक्रमक रूपमा उत्रेका थिए। तर अग्रता भने ४० औं मिनेटमा कोलम्बियाले लियो। कोलम्बियाका लागि ऐरि मिनाले हेड मार्फत गोल गरे।

कोलम्बियाका अग्ला खेलाडी मध्येका एक मिना आफ्नो हाइटको सदुपयोग गर्दै कर्नरबाट प्राप्त अवसरलाई गोलमा परिवर्तन गर्दै कोलम्बियाको अग्रता कायम गर्न सफल भए।

आजको खेलमा कुनै पनि टोलीका लागि हार भनेको समूह चरणबाट नै घर फिर्ती हुनु थियो।खेलको दोश्रो हाफ एक गोलका कारण आत्मविश्वासी देखिएको कोलम्बियाले पोल्यान्डमाथि निरन्तर आक्रमण बनाइ राखे।निरन्तर पोलिस पोस्टमा आख्रमण गरेको कोलम्बियालाई दोश्रो हाईको ७० औं मिनेटमा दोश्रो सफलता हात पार्‍यो। ७० औं मिनेटमा प्राप्त अवसरलाई फाल्कोले गोलमा परिणत गरेका थिए।

दोश्रो गोलको अन्तरले हौसिएको कोलम्बियाले जीतलाई ३-० को अन्तर पार्ने मौका खेलको ७५ औं मिनेटमा फेरि पायो।यसपटक कोलम्बियाका लागि सो मौकाको सदुपयोग मिडफिल्डर जुआन काउड्राडोले गरे।

तपाईको प्रतिक्रिया