एजेन्सी । सलमान खानको ‘रेस ३’ले जति आलोचना खेपेपनि ममाइका हिसाले भने राम्रो देखिएको छ । समिक्षकहरूबाट चर्को गाली खेपेको ‘रेस ३’ले भारतीय घरेलु वक्सअफिसमा पहिलो साता नै डेढ सय करोड भारूको कमाइ गरेको भारतीय मिडियाले जनाएको छ।

इन्डियन एक्सप्रेसका अनुसार फिल्मले १४८.०५ करोड भारूको कमाइ गरेको हो। यस कमाइसँगै फिल्म बलिउडको सफलताको मानकका रूपमा रहँदै आएको सय करोडको क्लबमा समेत प्रवेश गरेको छ। फिल्मको यो लोभलाग्दो कमाइमा सलमानको स्टारपावरले काम गरेको विश्लेषण छ ।

सलमानको यस एक्शन थ्रीलरले रिलिजको पहिलो दिन २९.१७ करोड भारूको कमाइ गर्दै रिलिज मितिमा सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्डसमेत कायम गरेको भारतीय मिडियाले विशेषताका साथ समाचार प्रकाशित गरेका छन् । सिक्वल फिल्ममा यस्तो रेकर्ड राख्ने ‘रेस ३’ एकमात्र फिल्म हो। यसअघिका फिल्ममा सैफ अलि खानले मूख्य भूमिका निभाएका भएपनि तेश्रो सिक्वलमा सलमान प्रवेश गरेका हुन्।

तपाईको प्रतिक्रिया