एजेन्सी । बलिउड नायिकाद्धय प्रियंका चोपडा र करिना कपुरबिचको वैमनस्यता उत्कर्षमा पुगेको छ । उनीहरुबिच झगडा बढ्नुको कारण हो बलिउड फिल्म ऐतराज । जसमा प्रियंका चोपडा र करिना कपुरले एकसाथ काम गरे। उक्त फिल्ममा करिना नायिका थिइन् भने प्रियंका खलनायिकाको भूमिकामा थिइन्। फिल्ममा सँगै काम गर्दा पनि उनीहरू कहिल्यै साथी बनेनन्।

बरु उनीहरूको दुश्मनी त्यतिबेला झाँगियो, जब करिनाभन्दा प्रियंकाको काममा प्रशंसा बढी हुन थाल्यो। करिनालाई यो कुरा स्वीकार्य भएन र प्रियंकाका बारेमा अन्ट सन्ट भन्न थालिन्। १४ वर्ष पुरानो यो दुश्मनी अहिले पनि कायमै रहेको भारतीय सञ्चारमाध्यमले चर्चा गरेका छन्। केही समय अघि यि दुई नायिकाबिच कुारकानी मिलेको बताइएपनि उनीहरुाके द्धन्द्ध अहिले पनि उत्कर्षमा नै रहेको छ ।

तपाईको प्रतिक्रिया