बार्सिलोनाबाट फुटबल खेल्दै आएका उरुग्वेका स्टाइकर लुइस सुआरेज क्लब म्याचमा सर्वाधिक चर्चामा रहने खेलाडी हुन् । उनको चर्चा जारी विश्वकपमा पनि छ । हरेक निर्णायक मोडमा सुआरेजले उरुग्वेलाई उद्धार गर्दै आएको नजिर यो विश्वकपमा पनि देखिएको छ ।

चालु विश्वकपमा फर्ममा रही सुआरेजले साउदी अरेवियाविरुद्ध सयौँ अन्तर्राष्ट्रिय खेल मात्र खेलेनन्, निर्णायक गोल पनि गर्न सफल भए । २००७ देखि राष्ट्रिय टिममा रहेका सुआरेजले सय खेलमा ५२ गोल गरेका छन् । उरुग्वेको नजरमा इन्डिसन काभानी र लुइस सुआरेज उस्तै हो ।

तर अन्तर्राष्ट्रिय खेलको कुरा आउँदा सुआरेज काभानी भन्दा एक कदम अगाडि छन् । यसैबिच आज उरुग्वेले आयोजक रसियाको सामना गर्दैछ । नेपाली समय अनुसार पौने ९ बजेबाट सुरु हुने खेलमा उनी चम्किने आशा धेरैले गरेका छन् ।

तपाईको प्रतिक्रिया