रुसमा फिफा विश्वकप सुरु हुनुअघिसम्म ‘गोल्डेन बुट’ को दाबेदारका रूपमा हेरिएका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो यतिबेला सर्वाधिक चर्चामा छन् ।

सुरुवाती खेलमा स्पेनसँग बराबरी खेलेको पोर्चुगलको उद्घाटन खेलमा ३ गोल हानेको मध्ये सबै गोल गरेका रोनाल्डोले जारी विश्वकपमा ४ गोल गरिसकेका छन् ।

यसैबिच समुह चरणको अन्तिम खेलमा आज पोर्चुगलले इरानसँग मैदानी संघर्ष गर्दैछ । पोर्चुगलभन्दा केही कमजोर मानिएको यो टिमलाई उसले कम आँक्न नहुने विश्वषण भइरहँदा आजको खेल राती पौने १२ बजेबाट सुरु हुँदैछ । यो खेलमा पनि रोनाल्डो चम्किएको खण्डमा रोनाल्डोले पाएको चर्चाले अझै शिखर चुम्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया