एजेन्सी । चर्चित सुन्दरी नायिका ज्याकलिन फर्नाडिजको हलिउड डेब्यु फिल्म ‘डेफिनेशन अफ फियर’ को ट्रेलर रिलिज भएको छ । हिलो हलिउड फिल्मको ट्रेलरमा उनी निकै बोल्ड भूमिकामा देखापरेकी छिन् ।

‘अलादिन’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी उनले हलिउड डेब्यु फिल्म ‘डेफिनेशन अफ फियर’मा दिएको किस सिनको ब्यापक चर्चा भएको छ । यसअघि विभिन्न फिल्म फेस्टिवलमा रिलिज भईसकेको यो फिल्म अगस्टमा रिलिज हुने निर्माण यूनिटले जनाएको छ ।

बलिउडमा मध्यम खालको प्रगती गरेकी उनले हलिउडमा भने कस्तो काम गरेर देखाउनेछिन् त्यो भने छिट्टै नै थाहा लाग्नेछ ।

तपाईको प्रतिक्रिया