काठमाडौं । गृहमन्त्री रामवहादुर थापा वादलको संसदमा अनुपस्थितबारे कांग्रेस सांसदले आवाज उठाउँदा उनीहरूको माइक नै म्युट गरियो । कांग्रेस सांसदहरूले गृहमन्त्री अनुपस्थित भएकोले बैठक चल्न नसक्ने बताउँदै सिटबाट उठेर आपत्ति जनाउँदै बोल्ने क्रममा माइक बन्द भएपटि केही सुनिएन । तर कांग्रेस सांसद मिनेन्द्र रिजाल चर्को स्वरमा बोलि नै रहे ।

कांग्रेस सांसदले अडान कसेपछि बैठक नै स्थगित गर्नु पर्यो । विनियोजित बजेटमाथिको छलफलमा आज गृहमन्त्रालयका विषयमा छलफल थियो, तर गृहमन्त्री संसदमा थिएनन् । कांग्रेस सांसदको पारो त्यतिबेला तात्यो जतिबेला गृहमन्त्री ट्राफिक जाममा भएको भन्दै सभामुख कृष्णबहादुर महराले वचाउ गरे । उने भनेका थिए- ‘के गृहमन्त्रीलाई जाम हुँदैन र ?’त्यसपछि कांग्रेस सांसद झनै आक्रोशित भए । हेर्नुस् यो भिडियोः

तपाईको प्रतिक्रिया