विश्वकप फुटवलमा रुस र उरुग्वेको भर्खरै सम्पन्न भिडन्तमा उरुग्वेले खेलको ९० औँ मिनेटमा अर्को गोल थप्दै ३ का बिरुद्ध ० गोल अन्तरले रुसलार्य पराजित गरेको छ । उरुग्वेका लागी तेस्रो गोल एडिसन क्याभानीले उसकै घरेलु मैदानमा नै पहिलो पटक पराजित गर्न सफल भएको हो । । उनले खेलको ९० औँ मिनेटमा गरेपछि रुसलाई कडा झड्का लागेको छ । यसअघि खेल सुरु भएको २३ मिनेटमै २ गोलको अग्रता लिएको हो । उरुग्वेलका लागि खेल सुरु भएको ९ मिनेटमा लुइस स्वारेजले गोल गरेका थिए ।

उरुग्वेलका लुइस स्वारेजले फ्रिकिक मार्फत टिमको लागि सुरुवाती गोल गरेका हु्न् ।आयोजक रुस र उरुग्वे विश्वकपको समूह ए बाट यसअघिनै नकआउट चरणमा प्रवेश गरिसकेका छन् । समूहको यसअघिका दुवै खेलमा जित हासिल गरेको दुवै टोली समूह विजेताको छिनोफानोका लागि खेलेपनि रुसलाई कडा झड्का लागेको छ । ३ गोलले अग्रता लिएको उरुग्वेका अगाडी खाता नै खोल्न नसकेको रुस आफ्नो समुहमा भने दोस्रो भएको छ ।

तपाईको प्रतिक्रिया