एजेन्सी । जारी विश्वकपमा सर्वाधिक खराब खेल खेलेको अर्जेन्टिना र उसका कप्तान मेसी निकै आलोचनाको शिकार बनिरहेका छन् । यही मेसोमा म्यारोडोनाले रूस विश्वकपमा खराब लयमा रहेको अर्जेन्टिनाका खेलाडीलाई भेट्न चाहेको बताएका छन्। नाइजेरियासँग समूह चरणको अन्तिम खेल मंगलबार हुँदैछ । खेल खेल्नुअघि अर्जेन्टिनाका खेलाडीलाई आफूले भेट्न चाहेको बताएको खबर अन्तर्राष्ट्रिय मिडियामा छापिएका छन्।

पहिलो खेलमा आइसल्याण्डसँग अंक बाडेँको अर्जेन्टिनाले दोस्रो खेलमा क्रोएसियासँग ३–० को लज्जास्पद हार बेहोरेपछि उसलाई अहिलेसम्मकै कडा झड्का लागेको हो । यो हारले थलिएको अर्जेन्टिनाले आगामी खेलमा केही सुधार गर्ने संकेत देखिइरहेका बेला टिमको पछिल्लो प्रदर्शनबाट तनावमा देखिएका म्याराडोनाले अर्जेन्टिनी फुटबल एसोसिएसनका अध्यक्ष क्लाउडिओ तापिएको आलोचना गर्दै आक्रोश पोखेका छन्।

विश्वकपको दोस्रो खेलमा क्रोएसियासँगको हारपछि अर्जेन्टिनी फुटबलले महंगो मूल्य चुकाउनुपर्ने अवस्था आएको भन्दै उनले अब अर्जेन्टिनी फुटबलका लागि खराब समय आएकाृ बताउँदै आँफुले सबै खेलाडीलाई भेटेर आफ्नो सझुाव दिन चाहेको बताए ।

तपाईको प्रतिक्रिया