सुर्य बस्याल – मैले फुटबल हेर्न लागेको लगभग १६ बर्ष जति भयो त्यो भन्दा अघि मैले रेडियोमा समाचारमा मात्र सुन्ने गर्थे कारण टिभिमै हेर्ने सुविधा न मेरो घरमा थियो न हाम्रो छरछिमेकमा । जब मैले फुटबल हेर्न थाले बिस्तारै बुझ्दै गए म अर्जेन्टिनाको बिग फ्यान थिए र सधै अर्जेन्टिनाको समर्थन गर्थे ।

मैले २००२ को विश्वकप नेपालमै सादा टिभीमा हेरेको थिए भने २००६ को विश्वकप हेर्न पाइन् त्यो बेला म साउदी अरबमा कुनै कम्पनीमा काम गर्थे फुटबल हेर्ने मेसो नै मिलेको थिएँन । पछिल्लो समय अझै फुर्सदमा मैले फुटबल हेर्न थालेको २०१० देखिको विश्वकप देखि हो ! म २००८ देखि इजरायलमा आएर अझै राम्रो संग फुटबललाई राम्रो संग बुझ्ने मौका पाएको छु त्यसमा मैले घमण्ड गर्नु हुदैन ।

२०१० को विश्वकपमा म नेदरल्याण्डको फ्यान बन्न पुगे र राम्रो संग खेल हेरे फाइनलमा स्पेनसंग १-० ले हार्न पुग्यो र विश्वकप उठाउन बाट चुकेको थियो नेदरल्याण्ड ! त्यसपछिका दिनमा मैले युरोपमा हुनेयुरोपियन च्यापियनसिप,लालिगा, कोपा अमेरिका लगाएत त्यहाँ हुने अन्य खेलहरु हेर्ने गरेको थिए जस्ले गर्दा मलाई जर्मनका खेलाडीहरुको खेल प्रति आकर्षण बढ्यो र २०१४ को विश्वकपमा मैले जर्मनलाई समर्थन गर्दै खेल हेरेको थिए। त्यस पछिका दिनमा मैले युरोपमा हुने जतिपनि च्यापियनसिप खेलहरु छन् सबै हेर्दै आएको छु र फुटबललाई अझै नजिकबाट चिन्ने मौका पाएको छु ।

होला मलाई खेलाडीको नाम सबैको थाहा छैन किन भने खेलाडीको नाम नै अफ्ठेरो छन् सबैको नाम दिमाकमा नआउने रहेछ जति प्रयास गर्दा पनि तर यहि नाम नजान्दा हाम्रा प्रिय मित्रहरु भन्नु हुन्छ खेलाडीको नामनै न जान्नेले पनि के को फ्यान रे भन्दै फेसबुकमा स्टाटस लेखेको देखिरहेको हुन्छ जस्ले मनमा चसक्क दुखेको हन्छ किन कि हो मैले पनि सबै खेलाडीको नाम जानेको छैन । र मैले जानेको छु भनेर घमण्ड पनि गर्नु हुदैन नजानेको कुरालाई जानेको छैन भन्न लजाउनु पनि हुदैन ।

साथीहरु म भन्दा धेरै फुटबलमा बिज्ञ हुनुहुन्छ मैले भन्दा धेरैकुरा तपाईहरुलाई थाहा छ त्यो म स्वीकार गर्छु तर सधै आफु नै जानेको छु र आफुनै बाठो छु भन्न पनि खासै राम्रो हुदैन होला की ? खेलाडीको नाम नजान्दैमा कोहि फुटबल समर्थक र उसको फ्यान बन्न सुहाउदैन र ? भयो यो कुरा छोडौ कुरा के भने हिजो जर्मनी समुह चरणबाट बाहिरियो जस्ले गर्दा निकै मन दुखेको छ । खासमा भन्नु पर्दा म जर्मनीको बिग फ्यान रहेछु जसलाई आत्मा देखिने मानेको रहेछु त्यसैले होला जर्मनी हार्दा अत्यत दुख लागेको छ ।

जर्मनीको यो बिश्वोकापमा देखाएको खेलले अघि जाने कुनै हक थिएन किन भने खेल अत्यत नराम्रो बनिसकेको रहेछ | सधै लक या कागतालि लाएर अघि जाँदा राम्रो खेल्ने टिम पछि पर्न सक्छन त्यो भन्दा बरु जर्मनी अहिले नै बाहिरिएको नै बेस लागेको छ ।

साथीहरु अवेसमा मैले पनि २,४ शब्द लेखेको भए त्यसको लागि माफी माग्छु र अब म बाट त्यो हुने छैन भन्ने कुरा जानकारी पनि गराउन चाहन्छु | म जर्मनीको बिग फ्यान भएकै रहेछु भन्नेकुरा कसरि थाहा भयो भने हिजो जर्मनी हारेपछि या विश्वकप सुरु हुँदाको दिन जर्मनी पछि मेरो अर्को समर्थनको देश ब्राजिल हुने छ भनेर मैले स्टाटस लेखेको पनि थिए ।

तर जर्मनी हार्यो मैले ब्राजिललाई समर्थन गरे ब्राजिले जित्यो पनि तर त्यो जितले मेरो मनमा खुसि दिएन भने म कसरि ब्राजिलको फ्यान भए होला र ? सामाजिक संजालमा देखाउनकै लागि म कुनै देशको समर्थन गर्नु पर्ने त पक्कै पनि होइन होला ? कुनै देशको समर्थन गरिन्छ भने मन देखिने गर्नु पर्ने रहेछ र आफै आउने रहेछ त्यसैले म हारे पनि जर्मनीकै फ्यान हु र रहने छु भन्दै आज बाट जर्बजस्ती न म ब्राजिलको फ्यान न म अर्जेन्टिनाको फ्यान ! म फ्यान हु त जर्मनीकै हु मेरो आत्माले यहि भन्यो त्यसैले अबका खेल हेर्छु तर कुनै देश प्रति समर्थन रहने छैन ।

आइलभ जर्मनी फेरी अर्को विश्वकपमा उत्कृस्ट खेल लिएर आउने छौ भन्ने आशा राख्छु म र म जस्तै जर्मनीका कट्टर समर्थकले ।

तपाईको प्रतिक्रिया