काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा विशेषगरी नृत्य विधामा शंकर बि.सी चिरपरिचित नाम हो। लोकसंगीतमा नृत्यको नयाँ आयाम थपेका उनी चलचित्रमा नृत्य निर्देशन सम्ममा पुगिसकेका छन्। नेपालमा तीज गीतको सुटिङ चलिरहेको माहोलमा यतिखेर भने उनी अमेरिकामा छन्।

शंकर बि.सी अमेरिका पलायन भएको धेरैले अनुमान गरिरहेको बेला उनले भने छोटो समयको लागि मात्र त्यहाँ गएको बताएका छन्। अमेरिकामा अनि लिइएको भिडियो अन्तर्वार्तामा उनले नेपालमा नै दर्शकको माया, साथ, नाम र संगै जीवन जिउन सकिने आर्थिक पाटो पनि पाएकोले आफूलाई अमेरिकामा बस्ने आवश्यकता नभएको बताएका छन्। उनले आफू डेढ महिना अगाडी श्रीमती निशा सुनारलाई भेट्न आएको र अझै केही दिन बसेर नेपाल फर्किने बताएका छन्।

गायिका तथा शंकर बि.सीकी श्रीमती निशा सुनार गर्भवती भएको समयमा अमेरिका गएकी थिइन्। त्यहाँ बस्दा–बस्दै छोरी जन्मिएपछि उनी उतै बसिन्। तर, आफू पनि छिट्टै नेपाल फर्किने र परिवार संग संगै बस्ने योजनामा रहेको बताएकी छिन्।

शंकर बि.सीका अनुसार, छोरी अमेरिकामा जन्मिएकोले भविष्यमा अमेरिकी नागरिकता पाउने र त्यसको लागि केही मापदण्ड तथा कागजी प्रक्रियाको आवश्यकता हुने हुनाले उनी केही वर्ष अमेरिकामै बस्नु परेको हो।

(भिडियो सहित)

तपाईको प्रतिक्रिया