मलाई लाग्छ, मैले अझै उत्कृष्ट खेल्नुपर्छ । किनकि मेरा बाबुले हरेक खेल हेरिरहेका हुन्छन् । पश्चिम अफ्रिकी देश मालीबाट ८० को दशकमा युरोप छिर्दा मेरा अभिभावकले सहज जीवन पाउने आशा गरेका थिए । म र मेरी बहिनीको जन्म फ्रान्समा भयो ।

युरोपमा पनि सोचेजस्तो प्रगति भएन किनकि मेरा बाबु सोझा थिए । रुइल माल्माइसनस्थित एउटा सानो डेरामा म हुर्किएँ । पेरिस नजिकैको यो ग्रामीण इलाकाका त्यस्ता मानिसहरू बस्थे, जसले ठूला सहरका धनाढ्यहरूका घरमा सानोतिनो काम गथ्र्यो । मेरी आमाले पेरिसका विभिन्न व्यक्तिका घरमा भुइँ पुछ्ने काम गर्थिन् । बाबुले सानो–तिनो काम गथ्र्यो । तर यतिले मात्रै हाम्रो परिवारको घरखर्च पु¥याउन सम्भव थिएन ।

मैले पनि काम सुरु गर्नु नै थियो । बाटामा फालिएका कवाडी सामान उठाउने काम थालँे । यो अन्य कामको दाँजोमा अलि सहज काम थियो । म धेरै किलोमिटर यात्रा गरेर पेरिस तथा नजिकका ग्रामीण इलाकासम्म पुग्थेँ । कवाडी सामान उठाउँथेँ र त्यसलाई ल्याएर सङ्कलनकर्ताकोमा बेस्थेँ । तत्कालै पैसा आउँथ्यो । तपाईं विश्वास गर्नुहुन्छ, त्यतिबेला म केवल ७ वर्षको थिएँ । तर पनि मलाई थाहा थियो, यति कामले मात्रै मेरो परिवार गरिबीबाट उक्सिने छैन ।

सायद, मेरो सपना थियो । एउटा त्यस्तो प्रतिष्ठित जिम्मेवारी वा भूमिका जसले कम्तीमा पनि मेरो परिवारलाई गरिबीको दलदलबाट उठाउन सकियोस् । तर, कहिले र कसरी ? यति सानो उमेरमा थाहा हुने कुरै भएन । १९९८ को विश्वकपले मलाई ठूलो प्रेरणा दियो ।

त्यहाँ फरक फ्रान्सले प्रतिस्पर्धा गरिरहेको थियो । अवसरसहितको फ्रान्सेली टोली थियो । यस टिममा मजस्तै अनुहारका खेलाडीहरू थिए । मजस्तै पृष्ठभूमिका खेलाडीहरू थिए । थियरी हेनरी, जिनेदिन जिदान, पेट्रिक भियरा, लिलियम थुराम र निकोलास एनाल्का यस्ता खेलाडी हुन्, जसको नाम हरेक आप्रवासीलाई कण्ठस्थ हुन्थ्यो । एक हिसाबले फ्रान्सका अफ्रिकी आप्रवासीहरूका लागि उनीहरू आफ्नो परिवारका सदस्यजस्तै हुन् । यस विश्वकपपछि फ्रान्सलाई हेर्ने आप्रवासीको दृष्टिकोणमा ठूलो परिवर्तन आयो ।

मेरा बाबु पनि फुटबलका ठूला फ्यान थिए । यी खेलाडीबाट म प्र्रेरित भएको देखेपछि बाबुले मेरा योजनाहरू पूरा गरिदिनका लागि सहयोग गर्ने सोच बनाएछन् । उनले मलाई फुटबल मैदानमा केन्द्र्रित गराए । तर यहाँ पनि काम फरक थिएन । मैदानमा खेलाडीले फालेका सिसी, बोतल र अन्य कवाडी सामानहरू टिप्नु मेरो दैनिकी बन्यो । बाबुको चाहना थियो, छोरोले मैदानकै कवाडी सामान उठाएर पकेट खर्च चलाओस् र केही सिकोस् पनि । इमानदारी साथ भन्नुपर्दा मैले फुटबल म्याच भने हेर्दिन थिएँ । तर यही खेलमा आफ्नो करियर देखिसकेको थिएँ ।

मैले युवा टोलीबाटै फुटबल सुरु गरेँ । जेएस सुर्रेसनेस नामक क्लबबाट युथ टिममा यात्रा सुरु भयो । यो क्लबमा म सबैभन्दा सानो र आशालाग्दो खेलाडी थिएँ । म यति फुच्चे थिएँ कि मलाई देखेर टोलीका अन्य खेलाडीहरूले यसले कसरी ९० मिनेटसम्म खेल्नसक्छ भनेर प्रश्न गर्थे ?

तर म कडा मिहिनेत गर्नेवाला थिएँ । बाल्यकालमा गरेको यस्तो मिहिनेतले आज पनि मलाई ऊर्जा दिन्छ । मैले क्लबमा इन्ट्री गर्नासाथ टोलीले एकपछि अर्को उपाधि जित्न थाल्यो । तर मलाई यो उपलब्धि खासै ठूलो लागिरहेको थिएन । त्यसैले म खुसी मनाउने गर्दिनथिएँ । मेरा साथीभाइको उचाइ बढ्दा पनि मेरो उचाइ बढिरहेको थिएन । म फुच्चै नै थिएँ । यसमा मलाई ठूलो दुःख थियो ।

अझै, ठूलो दुःख आउनै लेखिएको थियो । ११ वर्षको उमेरमा मेरा बाबुको मृत्यु भयो । मलाई त्यसपछि सबै सकिएजस्तो लाग्यो । जीवन भताभुङ्ग भयो । फुटबललाई निरन्तरता दिने वा नदिने भन्नेमा ठूलो अन्योल थियो । मेरी आमाले पेरिस गएर त्यहाँका स्थानीयहरूको भुइँ पुछ्थिन् । जसरी मेरो छिमेकका अन्य आमाहरू गर्थे । यतिले मात्रै खर्च चलाउन अब गाह्रो थियो । तैपनि आमाले मलाई फुटबल खेल्न प्रेरित गरिरहिन् ।

सानो भए पनि म टोलीको मिडफिल्डमा प्रमुख खेलाडी थिएँ । १२ वर्षको भएपछि मेरो खेलले गति लिन थाल्यो । छोटो समयमै म क्लबको सबैभन्दा मनपराइएको खेलाडी बनेँ । फ्यानहरूमाझ यति चर्चा कमाएपछि के चाहियो । म त्यस्ता सीमित युवा खेलाडीमा पर्थें, जसले आफ्नो टे«निङ सकिएपछि आफूभन्दा साना बालबालिकालाई टे«निङ गराउने मौका पाउँथ्यो र त्यसबापत पैसा पनि । यो व्यवस्था मलाई तत्कालीन सहायक प्रशिक्षक पिर्रे भिल्लीले मिलाई दिएका थिए । उनलाई थाहा थियो, बाबुको निधनपछि मेरो परिवार कति समस्यामा छ । मेरी आमाले कति सङ्घर्ष गर्नुपरेको छ र त्यसका बाबजुद पनि मैले फुटबललाई नै निरन्तरता दिने वा नदिने भन्नेमा अझै अन्योल छ ।

उनका अनुसार त्यतिबेला मेरो सानो कद देखेरै ठूला क्लबहरूले आँखा लगाएनन् । तर होचो भएर के भो त म विपक्षीहरूलाई राम्रो ट्याकल गर्न सक्थेँ । आफ्नो पोस्टबाट बल अघि बढाएर विपक्षीको पोस्टसम्म लैजान सक्थेँ र कहिलेकाहीँ त गोल पनि गर्थें । खासमा मलाई थाहा थियो, मेरो उचाइ कम भएकाले मैले धेरै मिहिनेत गर्नुपर्छ । त्यसैले म सधैँ आफ्नो पोस्टबाट अरूको पोस्टसम्म बल दौडाउने अभ्यास गर्थें ।

म छोटो समयमै यू–१८ टिमसँग प्रतिस्पर्धा गर्नेवाला थिएँ । त्यतिबेला मेरो उमेर १५ वर्ष पनि भएको थिएन । त्यसमाथि उचाइ पनि सानै थियो । एउटा स्थानीय टोली विरुद्धको खेलमा प्रशिक्षक फ्रान्सोइस लिमोइनले मलाई अन्तिम १० मिनेट मैदान छिराए । मैले खेलेको खेलको प्रसंशा गर्न उनी अहिले पनि चुक्दैनन् । ‘सानै बेलामा कान्टेले आफूभन्दा ठूला खेलाडीको पसिना निकालिदिएका थिए । उनीबाट तिमीहरूले सिक्नुपर्छ,’ उनले अरूलाई भन्ने गर्थे ।

युथ टोलीकै प्रशिक्षक भोजाइनासँगको अनुभव पनि अचम्मकै छ । उनले मलाई एक पटक एउटा स्किम ल्याए । बिदा सुरु हुनुअघि उनले भने, ‘के तिमी दाहिने खुट्टामा ५० पटक र देब्रे खुट्टामा ५० पटक बल खेलाउन सक्छौ ? त्यसलाई ड्रप नगरी ?’ आहा, यो त मेरा लागि नयाँ योजना थियो । मैले धेरै प्रयास गरेँ र सफल पनि भएँ । तर दुई महिना लाग्यो ।

यसपछि मैले क्लबमा फ्री रोल पाएँ । प्रशिक्षकले मलाई जहाँबाट पनि खेल्न पाउने छुट दिएका थिए । मेरै खेल हेर्नका लागि मात्रै भए पनि फ्यानहरू पार्क धाउने अवस्थासमेत आयो । यसपछि मलाई बोउलग्नेबाट प्रस्ताव आयो, सन् २०१०/१२ को सिजनका लागि । यहाँ प्रशिक्षक डुरन पनि मसँग धेरै प्रभावित भए र मेरो सपना पूरा हुने बाटोमा म धेरै नजिक थिएँ । बोउउलग्नेबाट खेल्ने क्रममा लेइस्टर सिटीका स्टिभ वेल्सले मेरो खेललाई नियालिरहेका थिए । वेल्सले नै जेमी भार्डी र रियाद महरेजको प्रतिभालाई चिनेर उनीहरूलाई खोजेर क्लबमा ल्याएका रहेछन् । मेरो पनि दिन आयो । सन् २०१५, अगस्ट ३ तारिखमा लेइस्टरले मसँग चार वर्षको सम्झौता ग¥यो । त्यसपछि यहाँ हामीले जे ग¥यौँ, त्यो इङ्लिस टोलीका लागि इतिहास बन्यो ।

मलाई लेइस्टरमा आउनुअघि नै मेरा बाबुको देश मालीको राष्ट्रिय टिमबाट खेल्नका लागि प्रस्ताव आएको थियो । तर यतिबेलासम्म म आफै दुविधामा थिएँ । लेइस्टरबाट खेल्दा पनि प्रस्ताव आयो र मैले निर्णय लिन सकिनँ ।

अन्त्यमा त्यस्तो दिन पनि आयो जब फ्रान्सको टोलीबाट मलाई निमन्त्रणा आयो । मैले हुन्न भनिनँ, किनकि मलाई ८ वर्षकै उमेरदेखि फ्रान्सको फुटबलमा सबैका लागि अवसर छ भन्ने लागेको थियो । हामीजस्ता आप्रवासीका छोराछोरीका लागि पनि, मैले जिनेदिन जिदान, थियरी हेनरी, निकोलास एनाल्का र लिलियम थुरामले खेल्दा त्यहाँ आफ्नो उपस्थिति देख्थेँ । यही जर्सीमा मैले २५ मार्च, ०१६ मा नेदरल्यान्डस् विरुद्ध पहिलो म्याच खेलेँ ।

राष्ट्रिय टोलीबाट त्यसयता युरोकप र विश्वकप खेल्न पाउँदा मलाई सपना साकार भएको अनुभव भएको छ । (यो सामग्री हामीले रातो पाटिबाट साभार गरेका हौ )

तपाईको प्रतिक्रिया