काठमाडौं । सडकको बेहाल अवस्थाका कारण सर्वसाधारणले सडकमै धान रोप्ने, कागजको डुंगा बनाएर मजाक उडाउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली तातेका छन् । उनले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले कलंकी-थानकोट र चाबहिल-बौद्ध-जोरपाटीको दुरावस्थाको ब्यवस्थापन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव लगायतलाई बोलाएरै यसबारे चासो राखेका हुन् । उनले कलंकी(थानकोट र चाबहिल(बौद्ध(जोरपाटी सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएका छन् ।

बाटोमै धान रोप्ने र डुँगा बनाएर मजाक उडाउन थालेपछि जागे प्रधानमन्त्री, मन्त्री र सचिवलाई बोलाएर दिए यस्तो निर्देशन

‘नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेटको पूर्ण र प्रभावकारी कार्यान्वयनका कार्यान्वयन होस, कुनै बहानाबाजी क्षम्य हुन्न,’ मन्त्री र सचिवहरुलाई कडा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भने । उनले सरकारले जनताको पक्षमा काम गरेको अनुभुति दिलाउनु पर्ने भन्दै अव बिगतको जस्तो बहानावाजी नचल्ने बटमलाइनसमेत सुनाए ।

तपाईको प्रतिक्रिया