एजेन्सी । विश्वकप फुटबलको सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध क्रोएसियाले २–१ गोलको अग्रता बनाएको छ । निर्धारित ९० मिनेटमा खेल १-१ को बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको रसियामा जारी इङ्ल्याण्ड तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले अग्रता लिएको छ। क्रोएशियाका लागि सो गोल मान्डुजिकले गरेका हुन्।

अतिरिक्त समयको दोश्रो हाफमा क्रोएशियाले गोल गरेपछि इङ्ल्याण्ड दबाबमा पुगेको छ। यसअघि खेलको ६८औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । दोस्रो हाफमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

यसअघि इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा क्रोएसियामाथि १–० गोलको अग्रता बनाएको थियो ।

इंग्ल्यान्डका लागि कैरन ट्रिपिएरले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको पाचौ मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै ट्रिपिएरले अग्रता दिलाएका थिए । सुरुवाती समयमा नै गोल खाएको क्रोएसियाले पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न भने सकेको थिएन । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा भएको पहिलो हाफमा इंग्ल्यान्डले गोल गर्ने अन्य राम्रो अवसर खेर फालेको थियो ।

५२ वर्षपछि इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ । यसअघि इंग्ल्यान्डले सन् १९६६ मा आफैले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । इंग्ल्यान्डले विश्वकपको उपाधि एक पटक मात्रै उचालेको छ । इंग्ल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा पुग्दै उपाधि उचाल्ने लक्ष्यमा छ ।

क्रोएसियाले भने सेमिफाइनलसम्मको मात्रै यात्रा अहिलेसम्म तय गरेको छ । सन् १९८८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो भने सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलले पराजित हुदै उपाधि दौडबाट बाहिरिएको थियो । इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे क्रोएसियाले आफ्नो फुटबलमा इतिहास बनाउने छ ।

तपाईको प्रतिक्रिया