एजेन्सी– २३ जुनमा दक्षिणी थाइल्यान्डको एक गुफामा पसेका १ फुटबल कोचसहित १२ बालकको मंगलबार सकुशल उद्धार गरिएको छ । १८ दिनपछि उनीहरुलाई एउटा कुशल गोताखोर टिमले बाहिर निकाल्न सफल भएको हो, यद्यपि, त्यसमा थाइ जलसेनाका थुप्रै जवानहरुले अथक मेहनत गरेका थिए ।

 

गुफामा भित्रिएलगत्तै आएको अविरल वर्षाका कारण भित्रै फसेका उनीहरुबारे ९ दिनपछि मात्र पहिचान भएको थियो । गुफाको प्रवेशद्वारमा पानी जमेपछि उनीहरुको उद्दार निकै कठिन भएको थियो । गुफाको द्वारबाट करिब ४ किलोमिटर भित्र अध्याँरो र निकै डरलाग्दो परिवेशमा फसेका उनीहरुलाई सकुशल उद्दार गर्न सफल गोताखोर र सेनाको टिमबारे अहिले विश्वभर प्रशंसा भइरहेको छ ।

यसै क्रममा उद्दारमा खटिएका अष्ट्रेलियाका डा.रिचर्ड ह्यारिसले थाई गुफाबाट एक फुटबल कोचसहित १२ जनाको उद्धारका लागि निकै ठूलो मेहनत गरे । उनी १२ बालकको ज्यान बचाउने अभियानमा गुफाभित्र दौडिरहँदा उनका पिताको मृत्यु भएको समाचार आएको थियो तर उनले त्यो काम गरेर मात्र घरतिर फर्के । अष्ट्रेलियाली मिडियाहरुका अनुसार उनी आफ्नो विदाका बेलामा गुफाको उद्दार मिसनमा खटेका थिए ।

तपाईको प्रतिक्रिया