(एजेन्सी)– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सन् २०२२ को कतार विश्वकप जाडो मौसममा खेलाउने निर्णय गरेको छ । फिफाको आज बसेको बैठकले कतार विश्वकप गर्मी मौसम (समर) मा नभई जाडो मौसम (विन्टर) मा गराउने निर्णय गरेको हो । पहिलो पटक विश्वकप समर सिजन(गीष्म ऋतु)का महिनाहरुबाट सार्दै विन्टर सिजन(जाडो) का महिनामा हुने भएको हो।

यसअघिका सबै २१ औं संस्करण सम्मका विश्वकपका खेलहरु जुन/जुलाई महिनामा हुदै आएको थियो । फिफाले जुन/जुलाईको महिनामा कतारमा अत्यधिक गर्मी हुने भन्दै जाडो मौसममा गर्ने निर्णय गरेको हो ।

फिफाले शुक्रबार नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म २८ दिनसम्म कतार विश्वकप आयोजना हुने जनाएको छ। कतारले २०१० मा विश्वकप आयोजनाको जिम्मेवारी पाएको थियो। हाल उसले धमाधाम स्टेडियमहरु तथा आवश्यक पूर्बाधारहरुको निर्माण गरिरहेको छ। मरुभुमीले घेरिएको कतारमा समर सिजनका महिनाहरुमा ४५ डिग्री सेल्सियससम्मको अत्याधिक गर्मी हुने भएकाले जाडो सिजनमा विश्वकप घोषणा गरिएको फिफाले जनाएको छ।

फिफाको पछिल्लो निर्णयले युरोपियन चर्चित घरेलु लिगहरु इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, फ्रेन्च लिग वान, इटालियन सिरी ‘ए’ र जर्मन बुन्डेस लिगा प्रभावित हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया