नायिका प्रियंका कार्कीले शनिबार बेलुकी आफ्ना प्रेमी नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरिन् । मिडिया र आफ्ना फ्यानलाई प्रियंका को यो ‘सरप्राइज’ नै थियो ।

प्रियंकाका अनुसार यो इन्गेजमेन्ट एक प्रकारले हतारमा गरिएको थियो भने अर्कोतिर योजनामुताबिक पनि । उनले बिहे भने एक बर्षपछि गर्ने बताएकी छन् ।

प्रियङ्काले आफ्नो फेसबुकमा खुशी प्रकट गर्दै आफूले आफ्नो नाम परिवर्तन गरेको पनि बताएकी छिन्। उनले आफ्नो नाम परिवर्तन गरेर ‘आयाङ्का’ राखेकी छन्।

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजले शनिबार नितान्त पारिवारिक व्यक्तिहरुको माझ इन्गेजमेन्ट गरेका हुन्। आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्टाग्राममा केही तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएपछि मात्रै इन्गेजमेन्ट गरेको खबर बाहिरिएको थियो।

आयुष्मानकी आमाले एक तस्विरमा ‘प्रियंका जोशी’ समेत लेखेकी छिन्। मिडियामा खुलेर यी दुईको विवाह हुने भएपछि धेरैले बधाई दिएका छन्।

नायिका प्रियंका कार्कीले रोचक मैनालीसँगको पारपाचुके पश्चात आयुष्मानसँंग दोस्रो विवाह गर्न लागेकी हुन्। उनी आयुष्मान भन्दा उमेरले केही वर्षले जेठी छिन्।

तपाईको प्रतिक्रिया