काठमाडौं । पुरुषका लागि मुख्य गन्तब्य बनेको बेलायती सेनाको गोर्खा रेजिमेन्टमा अब महिलाले पनि अवसर पाउने भएका छन् । बेलायती सरकारले गोर्खा रेजिमेन्टमा महिलालाई पनि भर्ती गर्ने नीति बनाएको छ । त्यसका लागि भने महिलाले एक वर्ष कुर्नु पर्ने छ । सन् २०२० मा भर्ती हुन चाहने महिलाले आगामी वर्ष देखि तालिममा सहभागी हुनुपर्ने छ । बेलायत सरकारले महिलालाई भर्ती लिन पनि एउटै नियम बनाएको छ ।

गोर्खा रेजिमेन्टमा २५० वर्ष देखि नेपालीले काम गर्दै आएका छन् । अब महिलाले पनि पुरुषले गर्ने जस्तै तालिम र नियम पुरा गरेर भर्ती हुन पाउने छन् । महिलाले पनि पुरुषले जस्तै चुनौतीका काम गर्न सक्छन् भन्ने कुरा विश्वास गरेर बेलायत सरकारले यस्तो नीति ल्याएको जनाएको छ ।

बेलायती सेनाको गोर्खा रेजिमेन्टमा भर्ती हुन २५ किलो बालुवा डोकोमा बोकेर पाँच किलोमिटर उकालो दौडिने शारीरिक परीक्षण लगायत अन्य तालिम गर्नुपर्ने छ । जुन पुरुष र महिलाका लागि एउटै नियम हो ।

बेलायतको रक्षा मन्त्रालयले गरेको यस्तो निर्णयले नेपाली महिला लाभान्वित हुने भएका छन् ।रक्षा मन्त्री गाविन विलियम्सनका अनुसार सेनाको विशिष्ट समूहमा रहेर महिलाले पनि सेवा गर्न पाउन् भनेर यस्तो नियम ल्याइएको हो ।

बेलायती सेनाको वेब साइटमा दिइएको जानकारी अनुसार भर्ती हुन चाहेन महिलाको तौल ५० किलो भन्दा बढी र उचाई कम्तिमा ५ फिट १ इन्च हुनु पर्नेछ । भर्ती प्रक्रिया पोखरामा हुनेछ र छानिएकाहरु १० हप्ते तालिामका लागि काट्टिरिक, नर्थ योर्कशिर जाने छन् । अहिले गोर्खा रेजिमेन्टमा झण्डै तीन हजार नेपाली कार्यरत छन् ।

तपाईको प्रतिक्रिया