काठमाडौँ । टिभि अन्तरवार्तामा आपसी कलहले चर्को रूप लिएपछि फरक धारका दुई सांसदबीच चर्को मुखामुख मात्रै भएन, उनीहरू पाखुरा सुर्किन समेत पछि परेनन् । पछिल्ला दिनमा सत्ता र प्रमुख प्रतिपक्षबीच सडक, सदन र सञ्चार माध्यममा चर्काचर्की चलेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दैनिकजसो सदन अवरूद्ध गरिरहेको छ भने सत्ता पक्षका सांसदहरू त्यसको प्रतिवादमा संसदमै कुर्लिन पछि परेका छैनन् ।

चर्चित पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन् नामको टिभी अन्तरवार्तामा नेपाली कांग्रेस र नेकपाका सांसदले उग्र रूप देखाएका छन् । सत्ता पक्षका सांसद सोम प्रसाद पाण्डे र प्रतिपक्षी नेपाली कांग्रेसका सांसद महेन्द्र यादव निकै लामो चर्काचर्की चलेको छ ।

दुई सांसद मुखामुख गरेर झगडामा उत्रिएपछि धमलालाई कार्यक्रम चलाउनै हम्मे पर्यो । अतिथिलाई सकेसम्म पेल्ने र आफू हावि हुने धमला यो अन्तरवार्तामा छायाँमा परेका छन् । एउटै सोफामा झगडियाहरूलाई राखेर बहस गराउँदा अप्रय स्थिति पैदा हुन सक्ने यो भिडियोबाट देखिएको भन्दै धमलालाई सुझाव पनि आएको छ ।

भिडियोः

तपाईको प्रतिक्रिया