काठमाडौं । जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौंआउन राजी भएका छन् । प्रहरीले उनका समर्थकहरुमाथि लाठी चार्ज गरेपछि उनी काठमाडौं आउन तयार भएका हुन् । सरकारले केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि हेलिकप्टरसहित सरकारी टोलीलाई जुम्ला पठाएको थियो ।

तर, केसीका समर्थकहरुले सरकारी टोली र प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितलाई अस्पताल प्रवेशमा रोक लगाइएको थियो ।

त्यहाँ केसीका समर्थकहरुले मानव साङ्लो बनाएर सरकारी अधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका थिए । त्यही क्रममा प्रहरी र केसी समर्थकबीच झडप भएको थियो ।

तपाईको प्रतिक्रिया