जय शम्भु नामक फिल्मको बिहीबार राजधानीमा आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको छ। म त परें तिम्रै भर बोलको रोमान्टिक गीतमा अनुपविक्रम शाही र वर्षा शिवाकोटी रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। सार्वजनिक गीतमा अमृता नेपालको शब्द, टंक बुढाथोकीको संगीत, अञ्जु पन्त र टंक बुढाथोकीको स्वर रहेको छ भने यसको भिडियोमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्। रूपेश तामाङले निर्देशन गरेको फिल्म एक्सन र लभस्टोरीमा बनेको बताइएको छ। समाचारपत्रमा खबर छ ।

श्री श्रेष्ठको एक्सन, हरि घले लामाको छायांकन र बनिश शाहको सम्पादन रहेको फिल्ममा अनुपविक्रम शाही र वर्षा शिवाकोटीसँगै प्रशान्त ताम्राकार, रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, वसन्त भट्ट, राजकुमार थापा, कालु रानालगायतका कलाकारले अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया