सल्यान । सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले करोडौंको आर्थिक चलखेल गरेको नगरकार्यपालिकाले आरोप लगाएको छ । कार्यालय व्यवस्थापनका लागि प्रदान गरेको एक करोड रकमको कमसल खालको सामान खरिद गरी ठुलो आर्थिक चलखेत गरेको बुहसख्ंयक कार्यपालिकाका सदस्यहरुले आरोप लगाएका छन् ।

बिहिबार बन्गाड कुपिन्डे नगपालिका वडा न १ सल्लीबजारमा पत्रकार सम्मेलन गर्दै उपमेयर सहितको बहुसख्यक कार्यापालिका सदस्यहरुले आर्थिक वर्ष सकिदा समेत खर्च विवरण पारदर्शी रुपमा नदेखाएको कार्यपालिकाको नियम विपरित नगरमा कर्मचारी भर्ना गरेको, अन्य जनप्रतिनिधिहरुलाई अभद्र व्यवहार गर्नेदेखि धम्की दिने लगायतका कार्य नगरप्रमुख गोविन्द पुनले गरेको पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल समाचारपत्रमा छापिएको छ ।१७ जना कार्यपालिका सदस्यहरुले बिहीबार संयुक्त रुपमा प्रेस विज्ञप्ती निकालेर आर्थिक वर्ष २०७४र०७५ को आय व्यय विवरण मेयरले प्रस्तुत गर्न नचाहेको र कार्य सम्पन्न भएका योजनाहरुको भुक्तानी समते रोकेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया